काठमाडौं , चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बीमा शुल्क संकलन गत आ.व. को तुलनामा ४२.६ प्रतिशतले वृद्धि भएको छ ।
अर्थमन्त्रालयले सर्वाजनिक गरेको कात्र्तिकसम्म बुलेटिनले यस्तो तथ्याङक देखाएको हो । गत आर्थिक वर्षको सो अवधिमा रु ३४ अर्ब ४२ करोड ४८ लाख कुल बीमा शुल्क संकलन भएको थियो । चालु आ.व को समिक्षा अवधिमा भने त्यो भन्दा बढी अर्थात् रु ४९ अर्ब १० करोड बीमा शुल्क संकलन भएको छ ।
सो अवधिभर कुल बीमा शुल्क संकलनमा जीवन बीमातर्फ ७९.९ प्रतिशत र निर्जीवन बीमातर्फ २०.१ प्रतिशत बीमा शुल्कको हिस्सा रहेको छ ।
यस्तै गत आ.व.को सो अवधिसम्म जीवन बीमातर्फ ७४.१ र निर्जीवनतर्फ २५.९ प्रतिशत हिस्सा रहेको थियो ।
प्रतिक्रिया