ऋणीलाई कालोसुचीमा राख्ने प्रक्रिया स्थगन गर्न राष्ट्र बैंकको निर्देशन

५ बर्ष अगाडि

काठमाडौं – अब बैंकहरुले आगमी असारसम्म ऋण चुक्ता नगर्ने ऋणीहरुलाई कालोसुचिमा राख्न नपाउने भएका छन् । बिशेषगरि कोरोनाबाट प्रभावित ऋणीहरुलाई कालो सुचनीमा राख्न नपाइने व्यवस्था ल्याइएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै क, ख र ग बर्गका बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । 
 इजाजतपत्रप्राप्त संस्थाले दश लाख रुपैया वा सोभन्दा बढीको कर्जा रकम कालोसूची सम्बन्धी व्यवस्था अन्तर्गत कालोसूचीमा राख्न सिफारिस गर्नु पर्नेछ । यस व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाबाट जतिसुकै परिमाणको कर्जा, सापट तथा सुविधा रकम लिई नतिर्ने ऋणीहरुलाई कालोसूचीमा राख्न सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले कर्जा सूचना
केन्द्रलाई सिफारिस गर्न बाधा नपुग्ने प्रचलिन व्यवस्था छ । 
तर, कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा अनुसार ६ महिना वा सो भन्दा कम अवधीको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया