सरकारी स्वामित्वका बैंकमध्ये पहिलो पटक नेपाल बैंकले शेयरधनीलाई लाभांस दिने भएको छ ।
बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो ।
हाल नेपाल बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । यसमध्ये बैङ्कले १ अर्ब ८० करोड रुपैंया बराबरको लाभांश दिन लागेको हो ।
यसमध्ये ४५ करोड रुपैयाँ नगद लाभांश हुनेछ भने बाँकी बोनस शेयर हुनेछ ।
यो लाभांशपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड भन्दा माथ पुग्नेछ । प्रस्तावित लाभांशलाई राष्ट्र बैङ्कले स्वीकृत गरेर साधारणसभाबाट अनुमोदन गराएपछि वितरण गर्न योग्य हुनेछ ।
प्रतिक्रिया