बरुण हाइड्रोपावरको पौष २६ गते १७ औँ साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं , बरुण हाइड्रोपावर कम्पनि लिमिटेडको पौष २६ गते आइतबार १७ औं वार्षिक साधारण सभा बस्ने भएको छ । युनियन हाउस अनामनगरमा बिहान १० बजे  देखि साधारण सभा बसिने छ ।

सभामा छलफलका लागि सामान्य प्रस्तावहरु संचालक समितिको तर्फबाट  अध्यक्षले प्रस्तुत गर्ने आ.व ०७६/ ०७७ वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व ०७६/ ०७७ को लेखापरीक्षण प्रतिवेदन, वासताल, नोफा नोक्सान हिसाब र सो अवधिको नगद प्रवाह विवरण लगाायतका वित्तिय विवरणहरु, आ.ज अध्यक्षको प्रतिवेदनउपर, आ.व ०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने , आ.व ०७६/०७७ को लेखा परीक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवम् निजको परिश्रमिक निर्धारण गर्ने र गएको आषाढ २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाइृ निरन्तरता दिने सम्बन्धमा छलफल गरीने छ । 

यस्तै विशेष प्रस्तावहरुमा आ.व ०७६/०७७ मा भएको नाफाबाट सम्पर्ण शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर तथा ०.२६३ प्रतिशत नगद लाभांश वितरण सम्बन्धमा छलफल गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया