स्टायाण्डर्ड चार्टडको साधारणसभा पुस २४ मा, बुक क्लोज कहिले ?

५ बर्ष अगाडि

काठमाडौं – स्टायाण्डर्ड चार्टड बैंकको ३४ औं बार्षिक साधारण सभा आगामी पुस २४ गते हुने भएको छ । सो दिन काठमाडौंका बानेश्वर स्थितर एभरेष्ट होटलमा बैंकले साधारण सभा गर्न लागेको हो । 
सो दिन दिउँसो १२ः१५ बजे साधारणसभा सुरु हुने छ । 
सो सभामा हाल कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश गरेर कुल ११.८४ प्रतिशत लाभांशको प्रस्ताव पेश गरिने छ । सभाबाट त्यो प्रस्ताव पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् । 
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ देखि २४ गतेसम्म बुक क्लोज गर्नेछ । त्यो अनुसार पुस ८ गतेसम्म कायम शेयरधनी लाभांशको हकदार हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया