प्रभु लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर ‘आईपीओ’ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवश्यक भन्दा बढी आवेदन परेपछि  छोटो अवधीमा नै आवेदन बन्द गर्न लागिएको हो । आज बैंकिङ समयपछि आवेदन बन्द हुने बताइएको छ । 
कम्पनीको आईपीओमा हिजोसम्म ८ लाख ७३ हजार जनाले आवेदन दिएका छन । उनीहरुले २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन  दिएका हुन् । 

कम्पनीले गत मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु. १०० तोकिएको छ ।
कमपनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाउने छन् । 

कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ११ अनुमति दिएको थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यसमा आस्वा प्राप्त बैंक र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ । आम सर्वसाधारणले न्यूनतम १० कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । 
कम्पनीले जारी चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी रु। १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया