आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबै भन्दा धेरै शेयर कारोबार भएको छ ।
बुधबार कारोबार सुरु भएसगैँ बैंकको शेयरमूल्यमा सकरात्मक सर्किट लागेपछि बैंकको शेयर किन्ने र बेच्ने लगानीकर्ताहरुको चाप बढेको हो ।
आज कारोबार सुरु भएसगैँ बैंकको शेयर १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, केहि समय पछि उक्त शेयर मूल्य २.६७ प्रतिशतले घटेको थियो । आजको अन्तिम कारोबार समय सम्ममा कम्पनीको शेयर मूल्ए ८.३३ प्रतिशतले बढेर ३२५ रुपैँयामा बन्द भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको यो शेयर मूल्य अहिले सम्म कै उच्च हो । यस अघि हिजो बैंकको शेयरमूल्य ३०० रुपैयाँ सम्म पुगेर कारोबार बन्द भएको थियो ।
शेयर मूल्य बढेसँगै आज नेप्सेमा यस बैंकको सबै भन्दा धेरै कारोबार भएको छ ।
आज एनसिसिबी बैंकको १२ लाख ५३ हजार ३७६ कित्ता शेयर कारोबार हुदाँ ३९ करोड ४३ लाख ९५ हजार ३६२ रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया