बितेको २४ घण्टामा ७ सय ३६ जनामा संक्रमण पुष्टि, ८ सय ४७ जना संक्रमित डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ नेपालमा बितेको २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ।

हाल देशभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।। योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ७ सय ४३ पुगेको  छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया