नेप्सेमा ६.२० अंकको गिरावट ,नेपाल क्रेडिट एण्ड कमर्सले सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं , बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ६.२० अंकले घटेको छ ।

आज ११ बजे  २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार  केही समय उकालो लागेको कारोबारको अन्तिम सम्म आउँदा  ६.२० अंकले घटेर २०५५.२२ को बिन्दुमा पुगेको छ । चार घण्टाको अवधिमा नेप्से परिसुचक ०.३० प्रतिशतले बढेको हो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये हाल ७ उपसमुह बढेका छन भने ५ उपसमुह भने अहिले पनि रातोमै कायम रहेका छन ।

अन्तिम समय सम्म कारोबारमा आएका १११ कम्पनिको  १ करोड ५ लाख ५८  हजार ३९१  कित्ता शेयर  ४९ हजार १५९ पटक खरिद विक्री हुदाँ  ५ अर्ब १४ करोड ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै सेन्सेटिभ ०.४३ अंकले घटेर ३८६.९८ को बिन्दुमा पुगेको छ ।

त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १२ लाख ५३ हजार ३७६  कित्ता शेयर २ हजार ५४९  पटक खरिद विक्री गर्दै  ३९ करोड ४३ लाख ९५ हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया