बैदेशिक रोजगारीमा जानेहरुले पुनः श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिनका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।
सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि पुनः श्रम स्वीकृति लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्ने भएको हो ।
अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था आगामी साताबाट शुरु हुँदै छ । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन् ।
पुनः श्रम स्वीकृति लिँदा लाग्ने बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको शुल्क निश्चित पेमेन्ट गेट–वेमार्फत तिर्न सकिने व्यवस्था गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।
यसरी बसेकै ठाउँबाट अनलाइनमार्फत नविकरण गर्न सकिने भएपछ िविदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिको सुविधा एकजना श्रमिकलाई दुई पटकसम्म दिइने छ ।
प्रतिक्रिया