नेकपा नेताहरु पुगेपछि राष्ट्रपति कार्यालय सचिव मोवाइल बन्द गरेर सम्पर्कबिहिन

५ बर्ष अगाडि

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न नेकपा नेताहरु पुगेपछि राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल मोबाइल बन्द गरेर आधा घण्टादेखि सम्पर्कबिहिन भएका छन् । 

सँसदको अधिवेशन बोलाउने विषयमा राष्ट्रपतिलाई आग्रह गर्न नेकपा स्थायी समिति सदस्यद्वय भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेपछि राष्ट्रपति कार्यालयका सचिव मोबाइल बन्द गरेर सम्पर्कबिहीन भएका हुन् । 

रावल र भुसाल संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै संसदहहरुको हस्ताक्षर सहितको पत्र लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । 

संसदको बर्षे अधिबेशन चल्दाचल्दै सभामुखलाई जानकारी समेत नदिई राष्ट्रपतिले अधिवेशन स्थगीत गरेकी थिइन् । 

संसद नचलेको मौका छोपेर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अध्यादेश ल्याएर काम गर्न थालेपछि नेकपामा तिब्र असन्तुष्टि बढेको छ ।  

सोबारमात्रै प्रधानमन्त्री ओलीले अध्यायदेशमार्फत ३ जना मात्रको उपस्थितीमा संबैधानिक परिषद बैठक बस्न सक्ने गरि व्यवस्था गरेका थिए । 

सोही विषयले तरंगीत बनेको नेपाली राजनीतिमा विभिन्न अड्कलबाजीहरु काटिएका छन् । सो विषयमा छलफल गर्न नेकपा स्थायी समिति बैठक  शुरु भएको छ । तर बैठकमा प्रधानमन्त्री उपस्थित छैनन् । 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक पनि बूढानिलकण्ठमा शुरु भएको छ । जसमा सभापति शेरबहादुर देउवा,  महामन्त्री पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, डा।रामशरण महत, प्रकाशमान सिंह, उपसभापतिद्वय बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, विश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ, बिजयकुमार गच्छेदार, सुनिल थापा र रमेश लेखकलगायत २० जना उपस्थित छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया