एभरेष्ट बैंक लिमिटेडले साधारणसभा बोलाएको छ ।
बैंकले लाभांश प्रस्तावसँगै अन्य विषयमा छलफल गर्न उक्त सभा डाकेको हो ।
यस अघि कम्पनीले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले आफनो साधारणसभा पुस २७ गते सोमबार बिहान ११ बजे बैंकको केंद्रिय कार्यालयमा बोलाइएको छ ।
साधारणसभा प्रयोजनको लागि पुस १० देखि पुस २७ गतेसम्म बैंकले बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया