सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागी लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांशसगेँ अन्य प्रस्ताव बारे छलफल गर्न पुस २२ गते बुधबार आफ्नै कार्यालयबाट भर्चुअल माध्यममार्फत साधारणसभा आह्वान गरेको छ ।
यो कम्पनीको आईपिओ निष्काशन पश्चातको पहिलो लाभांश बितरण गर्ने प्रस्ताव हो ।
प्रतिक्रिया