सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल

५ बर्ष अगाडि

काठमाडौं ,पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उहाँहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु  छन् ।
     
अपराह्न १ बजेका लागि तोकिएको बैठक १ः३० बजेसम्म शुरु भएको छैन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए । स्थायी कमिटी सदस्य गणेश शाहले बैठक कक्षमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित भएका र प्रधानमन्त्री उपस्थित भइनसकेको जानकारी दिएका छन  ।

५ बर्ष अगाडि

प्रतिक्रिया