छ्याङ्दी हाइड्रोले घोषणा गर्यो लाभांश, हकप्रद पनि जारी गर्ने

५ बर्ष अगाडि

छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुलाई लभांश प्रस्ताव गरेके छ । 

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभंश वितरण गर्नै भएको हो ।

उक्त निर्णय गर्न गत मंसिर ३० गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो ।

त्यस्तै, समितिको बैठकले कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर शिष्काशन गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्तावहरु बारे कम्पनीले आगामी साधारणसभामा छलफल गर्ने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया