नेपाल टेलिकमको ठगी भर्खर ब्यालेन्स राखेका मोवाइल ‘वान वे’

५ बर्ष अगाडि

नेपाल टेलिकमको लापरबाहीका कारण पर्याप्त ब्यालेन्स हुँदा हुँदै पनि मोवाइलमा फोन गर्न नमिल्ने भएको छ ।

गएरातीदेखि पोस्टपेड मोवाइलमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको हो ।

भर्खर ब्यालेन्स रिचार्ज गरेका मोवाइलहरुमा पनि फोन गर्न नमिल्ने समस्या देखिएको छ । पर्याप्त पैसा हुँदाहुँदै पनि १२ घण्टाअघिदेखि कल ब्यारियर हुँदा ठूलो समस्या परेको प्रयोगगकताएको गुनासो छ । 

आफ्नो प्रणालीमा आएको समस्याले ब्यालेन्स भएपनि कतिपय मोवाइल  ‘वान वे’ भएको टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमले हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ गर्ने गर्छ । त्यही बिलिङ गर्ने क्रममा प्रणाली समस्या उत्पन्न भएको टेलिकमका अधिकारीहरु बताउँछन् । 

१२ घण्टादेखि समस्या उत्पन्न भएको विषयमा गुनासो गर्नेहरुको पनि कुनै जवाफ नआउने गरेको सेवाग्राहीको भनाई छ । टेलिकमका प्रवक्ता राजेश जोशीले पनि यो विषयमा कुनै प्रतिकृया दिन मानेनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया