काठमाडौं , नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको दोस्रो घण्टाको अन्तिम समय सम्म आउँदा ७ अंकले घटेको छ ।
आज ११ बजे २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार केही समय उकालो लागेको नेप्से १ बजेसम्म आइपुग्दाँ ७.०४ अंकले घटेर २०५४.३७ को बिन्दुमा पुगेको हो । २ घण्टाको अवधिमा नेप्से परिसुचक ०.३४ प्रतिशतल घटेको छ।
कारोबारमा आएका १२ उपसमुहमध्ये हाल ४ उपसमुह भने बढेका छन ।
अहिले कारोबारमा आएका १९५ कम्पनिको ४० लाख ९९ हजार ४० कित्ता शेयर २३ हजार ४६९ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्सले १५ करोड ५७ लाख ७८७ हजार बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया