हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी
अध्यादेशविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको छ ।
उक्त अध्यादेश विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
यस अघि हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को ९पहिलो संशाधन० अध्यादेश २०७७ जारी भएको थियो ।
उक्त अध्यादेश जारी भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया