नेकपाको स्थायी कमिटी बैठक दिउँसो  १ बजे बस्दै

५ बर्ष अगाडि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो  १ बजे बस्दैछ ।

आज बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । पार्टीमा विवाद चलिरहेका बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार, अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय समेत गर्ने सम्भावना छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले यसबारे प्रष्ट धारणा राखेका छैनन् । ओली पक्षका स्थायी कमिटी सदस्यहरुमध्ये ईश्वर पोखरेलले अध्यादेशको समर्थन गरेका छन् । उनी बाहेकका नेताहरुले अध्यादेशबारे बोल्न चाहेका छैनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया