काठमाडौं – चालु आवको पहिलो चौमासमा सरकारको कुल राजश्व संकलन लक्ष्य भन्दा बढी भएको छ । सरकारले लक्ष्य भन्दा थप ०.९१ प्रतिशत राजश्व संकलन गरेको छ ।
सरकारले समिक्षा अवधीमा २ खर्ब ६२ अर्ब २८ करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, सरकारले समिक्षा अवधीमा रु. २ खर्ब ६४ अर्ब ६७ करोड कुल राजश्व संकलन गरेको छ ।
कोरोनाको जोखिमका कारण आर्थिक गतिविधि संकुचित हुदाँ पहिलो चौमासमा राजश्व संकलन ३.०९ प्रतिशतले संकुचन भएको छ । तर, कुल प्राप्ति भने १.७७ प्रतिशत बढेको छ ।
यस अवधीमा भन्सार महशुल, पैठारीमा संकलन हुने मुल्य अभिबृद्धि कर र आयकरमा सामान्य बृद्धि भएको छ । अन्य कर शिर्षक अन्तरगत संकलन भएको राजश्वमा संकुचन आएको छ । गैरकर राजश्व उलेख्यरुपमा घटेको अर्थ मन्त्रालयले बताएको छ ।
कोरोना महामारीको समयमा उपभोक्ताहरु अत्यावश्यक उपभोग बाहेक अन्य उपभोग कम गरेका तर लगानीकर्ता समेत लगानी गर्न हिच्किचाएका कारण कुल उपभोग तथा लगानीमा कमी आएको कारण सो को पत्यक्ष प्रभाव राजश्व परिचालमा परेको छ ।
प्रतिक्रिया