चालु खर्च मात्रै गर्न जानेको छ सरकार, पुँजीगत खर्चमा सदवहार न्यून प्रगति

५ बर्ष अगाडि

काठमाडौं – कात्तिक सम्म संघीय सरकारले कुल रु. २ खर्ब ६९ अर्ब ७ करोड खर्च गरेको  छ । गत आवको सोही अवधीमा भने रु. २ खर्ब २६ अर्ब खर्च भएको थियो । 
कुल खर्च मध्ये २ खर्ब ३० अर्ब चालु  खर्च रहेको छ । पुँजी गत खर्च २९ करोड ४४ लाख र वित्तिय व्यवस्थापन तर्फ ९ अर्ब ५० करोड खर्च भएको सरकारको भनाइ छ । 
कोरोना महामारीका कारण चालु आवमो सुरुदेखि नै विकास निर्माणका कार्यहरु पुुर्ण रुपमा सञ्चालन हुन नसक्दा पुँजीगत खर्च अपेक्षितरुपमा बृद्धि हुन नसकेको बताइएको छ । यद्यपि, अर्थतन्त्र चलायमान हुन थालेकाले प्रथम चौमासिक अवधीको पछिल्लो अवधीमा पुँजीगत खर्च बृद्धि हुन थालेको सरकारको भनाइ छ ।  
चालु आवको पहिलो महिनामा सरकारको खर्च कुल बजेटको ०.१३ प्रतिशत मात्रा थियो । तर, पहिलो चौमासमा त्यो १८.२५ प्रतिशत पुगेको मन्त्रालयको भनाइ छ । 
यस अवधीमा विनियोजित बार्षिक बजेट मध्ये चालु खच २४.२५, पुँजीगत खर्च ८.३४ र वित्तिय व्यवस्थापन तर्फ ५.५० प्रतिशत रहेको छ। गत आवको सोही अवधीमा यस्तो खर्च प्रगति क्रमश २०.६ प्रतिशत, ६.१ प्रतिशत र २.५ प्रतिशत रहेको थियो। 
समिक्षा अवधीको कुल खर्च मध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थातर्फको अंश ८५.५ प्रतिशत, ११ प्रतिशत र ३.५ प्रतिशत रहेको छ । गत आवको सोही अवधीमा यस्तो क्रमशः ८७.१ प्रतिशत, ११.० प्रतिशत र १.९ प्रतिशत छ । 
पछिल्लो तथ्यांकअनुसार सरकारले चालु खर्च अत्याधिक मात्रामा गर्दै आएको छ । बार्षिक रुपमा चालु खर्च शतप्रतिशत नजिक पनि पुग्ने छ । तर, अन्य खर्च भने लक्ष्य अनुसार नहुने नै देखिएको छ । 
सरकारको यो नयाँ रोग भने होइन । सरकारको खर्च गर्ने तरिका सदवहार यस्तै नै रहेको अर्थमन्त्रालयको तथ्यांकले देखाउछ ।  

कुन आवमा कति खर्च 

५ बर्ष अगाडि

प्रतिक्रिया