काठमाडौं ,आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको पहिलो घण्टासम्म आउँदा झन्डै ९ अंकले घटेको छ ।
आज ११ बजे २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधिसम्म आइपुग्दाँ ८.८२ अंकले घटेर २०५२.५९ को बिन्दुमा पुगेको हो । १२ बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ०.४३ प्रतिशतल घटेको छ।
कारोबारमा आएका १२ उपसमुहमध्ये हाल २ उपसमुह मात्र बढेका छन । व्यापार उपसमुह ४.०५ बिन्दुले बढेर २०५६.४४ मा पुगेको छ भने लघुवित ३७.०८ बिन्दुले बढेर ३३०८.४२ मा पुगेको छ ।
हाल कारोबारमा आएका १८६ कम्पनिको १७ लाख ८३ हजार ४२६ कित्ता शेयर १३ हजार १६७ पटक खरिद विक्री हुदाँ १ अर्ब १० करोड ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्सले ११ करोड १५ लाख ६७ हजार बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया