काठमाडौं – हिजो मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको माउन्टेन इनर्जी नेपाल लिमिटेडको आजदेखि नै नियमित शेयर कारोबार सुरु भएको छ । साथै, कारोबार सुरु भएको केही समयमा नै उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
हिजो नेप्सेमा उक्त कम्पनीको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सुचिकृत भएको थियो । नेप्सले पहिलो उक्त कम्पनीको पहिलो शेयर काराबारको लागि ११४ रुपैयाँ ८१ पैसा देखि ३४४.४३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।
आज ३४४ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार खुलेको थियो । हालसम्म आउँदा ३४ अंक ९.८८ प्रतिशतले बढेर ३७८ रुपैयाँ पुगेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप बढी छ । तर, बिक्री गर्नेको सख्या भने शुन्य रहेको छ ।
प्रतिक्रिया