काठमाडौं – शेयर बजार बढी रहेको बेला नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको शेयर कारोबार रोक्का गरिएको छ । उक्त लघुवित्त विन लघुवित्तसँग मर्जरमा जाने भएपछि आजदेखि नै शेयर कारोबार रोक्का गर्न लागिएको हो ।
हिजो मात्र उक्त दुई लघुवित्त बीच मर्जर सम्बन्धी सम्झौता भएको थियो । त्यसपछि मर्जर प्रक्रियालाई अगाडि बढाउन आजदेखि नै शेयर कारोबार रोक्का गरिएको हो । अब दुई लघुवित्तले एकीकृत कारोबार गरेपछि शेयर कारोबार सुरु हुनेछ ।
हाल लघुवित्तको तर्फ लगानीकर्ताको आर्कषण बढेको छ । लघुवित्त कम्पनीहरुको शेयर मुल्य पनि बढेको छ । यो अवस्थामा उक्त लघुवित्तको शेयर कारोबार रोक्का हुदाँ लगानीकर्तालाई भने तनाव को बिषय भएको छ ।
प्रतिक्रिया