नेपाल बङगलादेश बैकको कर्जा तथा निक्षेपको नयाँ ब्याजदर घोषणा , कुनमा कति ब्याजदर ?

५ बर्ष अगाडि

काठमाडौं ,नेपाल बङगलादेश बैकले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर निर्धारण गरेको छ । बुधबार एक सुचना जारी गर्दै  बैँकले आजदेखी लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो । 

नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खातहरुमा ३ प्रतिशत देखी ४.२५ प्रतिशत सम्म ब्याज दिने छ । त्यसमध्ये सामान्य बचतमा ३ प्रतिशत र अधिकतम कर्मचारी बचत खातामा ४.२५ प्रतिशत ब्याजदर घोषणा गरेको छ  ।

यस्तै  व्यक्तिगत मुद्दति खातामा ७ देखि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  व्यक्तिगत मुद्दति खातामा तीन देखि ६ महिनाका लागि ६.२५ प्रतिशत, ६ देखि १ वर्षका लागि ७ प्रतिशत, १ देखि २ वर्षका लागि ७.५० प्रतिशत र २ वर्ष  माथिको लागि ८ प्रतिशत ब्याजदर निर्धारित गरेको छ भने संस्थागत मुद्दति खातामा ६ देखि७.७५ प्रतिशत ब्याजदर तोकेको छ । 
 
यसैगरी बैंकले कर्जातर्फ आधारदर (८.१३) मा न्युनतम ०.५० देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम जाडेर ब्याजदर निर्धारण गरेको छ ।  

त्यसतै घर कर्जातर्फ ९.९९ देखि ११.४९ प्रतिशतसम्ममा घर कर्जा निकाल्न सकिने छ । घर कर्जाअन्तरगत ५ वर्षमाथि ९.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.९९ र १० देखि २० वर्षका लागि ११.४९ प्रतिशत ब्याजदर तय गरेको छ । अटोतर्फ ९.९९ देखि १०.९९ प्रतिशत ब्यादर रहेको छ भने शैक्षिक कर्जाको लागि ११.९९ देखि १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया