काठमाडौं, सिभिल बैंकले आज (बुधबार) बाट लागु हुनेगरी कर्जा र निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ । बुधबार एक सुचना जारी गर्दै बैंकले नयाँ ब्याजदर घोषणा गरेको छ ।
नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खातहरुर्मा ३ देखि ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले घोषणा गरेको नयाँ ब्याजदरमा मेरो बचत खाता, अनलाइन बचत, हाम्रो बचत र नारी बचत खातामा ३ प्रतिशत ब्याजदर रहेको छ भने प्रिमियम बचत खातामा ५ प्रतिशत ब्याजदर तय गरेको छ ।
यसबाहेक व्यक्तिगत मुद्दति खातामा ७ देखि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति खातामा तीन देखि १ वर्षका लागि ७ प्रतिशत , १ वर्ष देखि २ वर्षका लागि ८ प्रतिशत , २ देखि ३ वर्षका लागि ८.५० प्रतिशत, ३ वर्ष माथिको लागि ९ प्रतिशत र वार्षिक जम्माको लागि ८.५० प्रतिशत ब्याजदर निर्धारित गरेको छ ।
यस्तै संस्थागत मुद्दति खातामा ५.१० देखि ६.६० प्रतिशत ब्याजदर तोकेके छ । संस्थागत मुद्दति खाता अन्तरगत छ महिनासम्मका लागि ५.१० प्रतिशत , ६ देखि १२ महिनाका लागि ६.१० प्रतिशत, १२ देखि १८ महिनाका लागि ६.२५ प्रतिशत र १८ महिना माथिका लागि ६.६० प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
यस्तै बैंकले कर्जातर्फ आधारदर (८.९४) मा न्युनतम ०.५० देखि अधिकतम ५.१६ प्रतिशत सम्म प्रिमियम जाडेर ब्याजदर निर्धारण गरेको छ । त्यसमा घर कर्जातर्फ ०.५० देखि २ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा निर्धारण गरेको छ । यस्तै ९.४४ देखि ११.४४ प्रतिशतसम्म घर कर्जा निकाल्न सकिने छ । कर्जाको प्रकर र अवधिअनुसार ब्याजदर पनि फरक फरक हुने बैंकको भनाइ छ ।
प्रतिक्रिया