३ महिनामा बीमितहरुले जीवन बीमा कम्पनीबाट लगे १२ अर्ब, कुन कम्पनीबाट कति गयो ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले रु. १२ अर्ब ३० करोड भन्दा बढी दावी भुक्तानी गरेको छन् । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कोरोना महामारीका बीच पनि बीमा कम्पनीहरुले दावी भुक्तानीमा कुनै कमी आउन नदएिको उक्त तथ्यांकले देखाएको छ । हाल नेपाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । 
दावी भुक्तनी मामलामा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले यस अवधीमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बीमितलाई  भुक्तानी गरेको छ । 
यस्तै, दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल रहेको छ । उक्त कम्पनीले रु. २ अर्ब ७५ करोड ३० लाख भुक्तानी गरेको छ । तेस्रो नम्बरमा रहेको एशियन लाइफ इन्स्योरेन्स भने १ अर्ब ६७ करोड १ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । यस बाहेक अन्य कम्पनीको दावी भने १ अर्ब भन्दा तल रहेको छ । 
हेर्नुहोस, कुन कम्पनीले कति दावी भुक्तानी गरेः

५ बर्ष अगाडि

प्रतिक्रिया