काठमाडौँ , प्रभु लाईफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा दोसा्रे दिनसम्ममा ६ लाख ७२ हजार ४११ जनाले भरेका छन् ।
मंगलवार अपरान्ह साढे ४ बजेसम्ममा आवेदकहरुबाट १ करोड ९० लाख ८६ हजार ३४० कित्ता शेयर खरीदको माग भएको हो ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो ।
सो आईपिओमामा छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रतिक्रिया