सानिमा बैंकको ४ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंकको ऋणपत्र आजदेखि बिक्रीमा आएको छ । बैंकले पुर्व निर्धारित मितिअनुसार नै आजदेखि ऋणपत्र बिक्रीमा ल्याएको हो । 
बैंकले ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याएकोहो ।  उक्त ऋणपत्रको अवधी १० वर्षे हुनेछ ।
बैंकले पति कित्ता १ हजारमा ४० लाख कित्ता निष्काश गरेको हो । जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने बैंकको भनाइ छ ।

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । आज बैंकिङ समय सुरु भएपछि लगानीकर्ताले उक्त डिवेन्चरमा आवेदन निद सक्नेछन् । 

उक्त ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया