सरकारले पत्रकारको तलब बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले पत्रकारको तलब २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब बढेर २४ हजार ३ सय ७५ हुने भएको छ ।
प्रतिक्रिया