काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।
हाल देशभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया