काठमाडौं – आज मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । तीन बजेसम्म आउँदा नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुक २०६१ को विन्दुमा पुगेको छ ।
आज ६ कम्पनीको शेयर कारोबार भने सकरात्मक सर्किट लेभलमा नै भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ ।
आज उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त वित्तिय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था,नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय लघुवित्त वित्तिय संस्थाको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ ।
नेप्सेका अनुसार उन्नती सहकार्यको शेयर मुल्य ९.९८ प्रतिशतले बढेर १३७७ पुगेको छ । माहुली सामुदायिकको पनि ९.९८ प्रतिशतले बढेर ११९०, गुराँस लघुवित्तको ९.९७ प्रतिशतले बढेर ८९३ र ग्लोब आईएमई लघुवित्तको ९.९४ प्रतिशतले बढेर १७९१ रुपैयाँ पुगेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयर मुल्य भने ९.८२ प्रतिशते बढेर ५८१ र राष्ट्रिय लघुवित्त वित्तिय संस्था ९.५० प्रतिशतले बढेर २२०० रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया