नेप्सेमा ५.७५ अंकको  गिरावट, कारोबार रकम ६ अर्बभन्दा माथि

५ बर्ष अगाडि

काठमाडौँ,  आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुच कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५.७५ अंकले घटेको छ ।

आज ११ बजे २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधि सम्म आइपुग्दाँ ५.७५ अंकले घटेर २०६१.४१को बिन्दुमा पुगेको हो । चार घण्टाको अवधिमा नेप्से परिसुचक ०.२८ प्रतिशतल घटेको छ।

यस्तै अन्तिम समयसम्म आइपुग्दाँ सेन्सेटिभ ०.७४ अंकले ओरालो लागेर ३८७.४२ को बिन्दुुमा पुगेके छ । 

कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह मात्र बढेका छन । लाइफ इन्सुरेन्स ५१.७९ बिन्दुले, लघुवित ५९.५९ बिन्दुले र बैंकिङ ०.०८ बिन्दुले बढेका हुन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०५  कम्पनिको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर ४७ हजार ७६९ पटक खरिद विक्री हुदाँ ६अर्ब ६ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्सको २ लाख २९ हजार ४९८ कित्ता खरिद बिक्री हुदाँ ५२ करोड ३८ लाख  २६ हजार बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया