राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन् । उनले आज मंगरबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री अध्यक्ष हुने उक्त परिषदमा प्रमुख विपक्षी पार्टीका नेता, प्रधानन्यायधिस, सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष सदस्य हुने व्यवस्था गरिएको छ । 
प्रधानमन्त्री सोमबार उक्त परिषद्को बैठक बोलाएका थिए, तर कोरम नपुगेर स्थगि भएको थियो । आज बिहान बोलाएको बैठकमा पनि कोरम नपुगेर नै बैठक स्थगीत भएको थियो ।
त्यसपछि आज नै मन्त्रिपरिषदले यस सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो ।

संशोधनमा भएको अध्यादेशमा के व्यवस्था छ भन्ने खुलाइएको छैन । परिषद्को बैठक बसेर निर्णय गर्नका लागि सहज हुनलाई यस्तो व्यवस्था गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले अध्यादेश जारी गरेको हुन । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको कार्यलयको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया