समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत

५ बर्ष अगाडि

काठमाडौं – समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १७ लाख ८८ हजार २४९ कित्ता राइटशेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको हो । 

अब नेप्सेले उक्त कम्पनीको शेयर मुल्य समायोजन भएपछि उक्त शेयरहरुको पनि खरिदबिक्री गर्न सकिने छ । 

समृद्धि फाइनान्स कम्पनीले गत असोज १६ गतेदेखि २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। 
कम्पनीले १ः २ (१ कित्ता बराबर २ कित्ता) अनुपातमा हकप्रद निष्काशन गरेको थियो । पहिले कम्पनीको चुक्तापुँजी रु. १८ करोड १९ लाख ८० हजार ३०० छ । त्योअनुसार कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको थियो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी रु. ५४ करोड ५९ लाख ४० हजार ९०० पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया