काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक २ घण्टाको अवधिसम्म आइपुग्दाँ ६ अंकले बढेको छ ।
एघार बजे २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेसम्म आइपुग्दाँ ६.०४ अंकले बढेर २०७३.२० को बिन्दुमा पुगेको हो । २ घण्टाको अवधिसम्म बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ०.२९प्रतिशतले बढेको हो ।
सेन्सेटिभमा २ घण्टाको अविधसम्म आउँदा झिनो अंकको वृद्धि भई ३८८.३४ को बिन्दुमा पुगेको छ ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ७ उपसमुह भने ओरालो लागेको छ । ।
हाल कारोबारमा आएका १९६ कम्पनिको ४६ लाख ६३ हजार ९९ कित्ता शेयर २४ हजार ७७० पटक खरिद विक्री हुदाँ ३ अर्ब १६ करोड ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया