काठमाडौं – मंगलबार पनि नेपाली शेयर बजार बढ्दो क्रममा देखिएको छ । १ बजेसम्म आउँदा नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुक २०७२ को विन्दुमा पुगेको छ ।
त्यो सँगै आज ५ कम्पनीको शेयर कारोबार भने सकरात्मक सर्किट लेभलमा नै भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बताएको छ ।
आज उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त वित्तिय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था र नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ । नेप्सेका अनुसार उन्नती सहकार्यको शेयर मुल्य ९.९८ प्रतिशतले बढेर १३७७ पुगेको छ ।
यस्तै, माहुली सामुदायिकको पनि ९.९८ प्रतिशतले बढेर ११९०, गुराँस लघुवित्तको ९.९७ प्रतिशतले बढेर ८९३ र ग्लोब आईएमई लघुवित्तको ९.९४ प्रतिशतले बढेर १७९१ रुपैयाँ पुगेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयर मुल्य भने ९.८२ प्रतिशते बढेर ५८१ पुगेको छ ।
प्रतिक्रिया