बोल्न, हाँस्न र रुनसमेत नदिएका प्रधानमनत्रीसँग बिहानै घाँटी जोड्न पुगे देउवा

५ बर्ष अगाडि

नेपाली काँग्रेसले सोमबार प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकारका बिरुद्ध सडकमा कार्यकर्ता उता¥यो । सभापति शेरबहादुर देउवाले सरकारले भ्रष्टाचार गरेको र सर्वसत्तावाद लागू गर्न खोजेको, धेरै बलात्कारका घटनाहरु भएको बाध्य भएर सडकमा आउनु परेको भन्दै चर्को आलोचना गरे । 

हिँजो कम्युनिस्टहरूले जितेपछी बोल्न, हाँस्न र रुनसमेत नदिएको समेत आरोप लगाएका देउवा आज बिहानै भने प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । यसअघि आइतबार संबैधानिक परिषदको बैठकमा उपस्थित हुन नगएका देउवा सरकारलाई गम्भिर आरोप लगाएको भोलीपल्ट बिहान भने आफै प्रधानमन्त्री निवास पुगेका हुन् । 

अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि देउवा अनुपस्थित हुँदा लामो समयदेखि  बस्न सकेको छैन ।

तर सरकार बिरुद्ध कार्यकर्ता सडकमा उतारेको जस्तो देखाएर भोलिपल्ट बिहानै भने बैठकका लागि दौड्नु रहस्यपूर्ण देखिएको छ । स्रोतका अनुसार देउवा सडकमा कार्यकर्ता उतारेर विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीमा भागबण्डका लागि बालुवाटार छिरेका हुन् ।

उता गत मंसिर ७ मा ओली र देउवाबीच सुटुक्क भएको वार्ताले संवैधानिक निकायमा सहमति जुटाउन सुवास नेम्वाङ र रमेश लेखकलाई जिम्मा दिएको थियो । विभिन्न पदमा भागवण्डा गर्ने नेम्वाङ र लेखकबीचको गृहकार्यपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

लामो समयसम्म प्रतिपक्षिको कुनै भूमिका निर्वाह गर्न नसकेको काँग्रेस एकाएकै सडकमा कार्यकर्ता किन उता¥यो भन्ने आशंकाका बिच आज बिहानै देउवा संबैधानिक परिषद बैठकमा पुग्नु भागबण्डाका लागि रमिता मात्र देखाएको पुष्टि भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया