११ हजार संक्रमितले पाए कोरोना बीमाको भुक्तानी

५ बर्ष अगाडि

कोरोना बीमा गरेका संक्रमितहरुले बीमा बापतको रकम पाउन थालेका छन् ।

अहिले सम्ममा ११ हजार बढी संक्रमितहरुले बीमा बापतको रकम पाएका हुन् ।

बीमा समितिका अनुसार अहिले सम्ममा ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् ।

अरु बेलाको भन्दा बीमा बापतको भुक्तानी लिनेको दर निकै बढेको हो । 

समितिका अनुसार आज मंगलबारमात्रै पनि १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

समितिले यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा बीमा रकम दिन ढिलो भए भएको र ढिला भए पनि सबै बिमितहरुले बीमा गरेअनुसारको रकम पाउने बताएको छ ।

यस अघि बीमा कम्पनीहरुले कम्पनीहरुलेभुक्तानीमा ढिलाइ गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया