ह्यात होटेल करिब ८ करोडले घाटामा, पीई रेसिया पनि ऋणात्मक

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ह्यात होटल अर्थाते तारागाउँ रिजेन्सी होटल्स लिमिटे घाटामा गएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले कम्पनी करिब ८ करोडले घाटामा गएको देखाएको हो । 
वित्तिय विवरण अनुसार समिक्षा अवधीमा कम्पनी रु. ७ करोड ८९ लाख ८१ हजारले घाटा गएको हो । गत आवको सोही अवधीमा भने कम्पनी रु. १ करोड ४६ लाख ६९ हजारले नाफा थियो । गत आवमा पनि कम्पनी १६ करोड ५६ लाख ११ हजार नाफा कमाएको थियो । 
बिशेषगरि कोरोना भाइरसको प्रभावले नै कम्पनी नाफा गएको हो । ह्यात होटेल पाइभ स्टार होटेल हो, यसको मुख्य स्रोत भनेको  नै विदेशी पर्यटक हो । तर, कोरोनाका कारण विदेशी पर्यटक नआउँदा कम्पनीको व्यवसाय प्रभावित भएको हो । 
समिक्षा अवधीमा १ लाखको मात्र कारोबार गरेको छ । यसका अलावा अन्य आम्दानी भने ४८ लाख ९ हजार रहेको छ । तर, कम्पनीको खर्च भने ६ करोड भन्दा बढी रहेको छ ।  
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी – ४.१९ रुपैयाँ रहेको छ । यसका अलावा प्रतिशेयर नेटवर्थ १२३.५२, पीई रेसियो –५९.२४, प्रतिशेयर कुल सम्पत्ति १७५.४९ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया