काठमाडौँ, आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ ४ अंकले उकालो लागेको छ ।
आज ११ बजे २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधिसम्म आइपुग्दाँ ४.४४ अंकले बढेर २०७१.६१ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ०.२१ प्रतिशतले बढेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ६ उपसमुह भने बढेका छन ।
हाल कारोबारमा आएका १८७ कम्पनिको २५ लाख ४९ हजार २७० कित्ता शेयर १३ हजार ९३९ पटक खरिद विक्री हुदाँ १ अर्ब ८६ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया