काठमाडौं – केही महिना अघि आईपीओ निष्काशन गरेर दोस्रो बजारमा कारोबारमा आइसकेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट लांभाश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कम्पनीले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश दिन लागेको हो । अब नेपाल राष्ट्र बैंक र साधारण सभाबाट स्वीकृति भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
प्रतिक्रिया