नेपालको आर्थिक पुर्नउत्थानमा सहकार्य गर्ने मुद्रा कोषको प्रतिवद्धता, यस्तो भयो अर्थमन्त्रीसँगको छलफल

५ बर्ष अगाडि

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक पुर्नउत्थानमा सहकार्य गर्ने बताएको छ । साथै, नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने पनि बताइएको छ । 
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आइतबार भिडियो कन्फ्रेन्स मार्फत छलफल भएको थियो । सो छलफलमा मुद्रा कोषका प्रतिनिधिले यस्तो बताएका हुन् । 
उक्त छलफलमा माननीय अर्थमन्त्रीले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भैरहेको कामप्रति खुशी व्यक्त गर्नु भयो। उहांले कोभिड(१९ महामारीको कठिन परिस्थितिमा श्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले ¥यापिड क्रेडिट फ्यासिलिटि (च्ऋँ) मार्फत नेपाललाई गरेको सहयोग तथा  सि.सि.आर.टि. अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे । 
माननीय अर्थमन्त्री र कोषका पदाधिकारी बीच कोभिड(ज्ञढ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सो लगायत समग्र  आर्थिक पुनरुत्थानको गति थप तिव्र बनाउने लगायतका विषयमा छलफल भयो। सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पु¥याउने धारणा राखे ।

अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा जी ट्वान्टी का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि माननीय अर्थमन्त्रीले धन्यवाद दिनुहुँदै न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनु पर्ने बताए । 
उक्त छलफलमा कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए । आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसंग थप सहकार्य गर्दै जाने समेत बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया