यस्तो छ सबैैभन्दा ठुलो आइपीओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रचर बैंकको वित्तीय अवस्था

५ बर्ष अगाडि

काठमाडौं –  नेपाल इन्फ्रास्ट्रक्चर विकास बैंकले रु. ८ अर्बको आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बिगत १ बर्षदेखि नै चर्चामा रहेको उक्त बैंकले आईपीओ स्वीकृतिका लागि गत साता मात्रा नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेको छ । 
गत मंसिर ३ गते समपन्न वार्षिक साधारण सभाबाट पारीत भएपछि बैंकले आइपीओ निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । 
बैंकले प्रतिकित्ता रु. १०० मा ८ करोड कित्ता आईपीओ ल्याउन लागेको हो । उक्त आईपीओ नेपालको पँुजी बजारमा हालसम्मकै सबैभन्दा ठुलो हो । 
कम्पनीको शेयर बिक्री विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
यो नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । यसमा नेपाल सरकारको समेत लगानी रहेको छ । हाल बैंकको चुक्ता पूँजी रू. १२ अर्ब रहेको छ । ८ करोड कित्ता आइपीओ निष्कासन बाँडफाँट पछि पूँजी रू. २० अर्ब पुग्नेछ । 
यसमा नेपाल सरकारको १० प्रतिशत , निजीक्षेत्रका १० प्रतिशत,पब्लिक कम्पनीहरुको ४० प्रतिशत हिस्सा रहेको छ । सर्वसाधारणका  लागि छुट्याएको ४० प्रतिशत शेयर अंशका लागि अहिले आईपीओ निष्कासन गर्न लागेको हो । 
नेपाल राष्ट्र बैंकको नितीअनुसार यस बैंकले न्यूनतम एउटा परियोजनामा रू. ३० करोडको सीमामा लगानी गर्नुपर्ने हुन्छ । हाल यस बैंकले कास्की जिल्ला स्थित ३२ मेगावट क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा डेढ अर्व रुपैयाँ लगानी गरिसकेको छ । यसका अलावा बैकले ४९ मेगावाट उत्पादन क्षमता भएको एक जलविद्युत परियोजना पनि डेढ अर्ब रुपैयाँ नै लगानी गर्ने तयारीमा रहेको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा रू. १८ करोड १ लाख नाफा कमाएको छ । सोही अवधिमा कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ८१ करोड ४७ लाख छुट्याएको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ६ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया