काठमाडौं - आरम्भ चौतारी लघुवित्तको आफना् शाखा विस्तार गर्ने क्रममा कालिकोटको मेलमुडी गाउँपालिकामा आफ्नो १०१ औं शाखा सञ्चालनमा ल्याएको छ । लघुवित्तले आइतबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । योसँगै उत्तः शाखा कार्यालले आइतबारदेखि नै व्यवसायिक कारोबार सुरु गरेको छ ।
चालु आवमा मात्र आरम्भ चौतारीले बिभिन्न जिल्लामा २३ शाखा सञ्चालनमा ल्याएको छ । त्यसमध्ये पछिल्लो शाखा यही रहेको लघुवित्तको भनाइ छ । आइतबारको शाखा उद्घाटन कार्याक्रममा मुख्यमन्त्री सहित लघुवित्तको शाखा प्रवन्धक शान्ती कुमारी धामीसहित अन्य कर्मचारीको उपस्थीति थियो ।
प्रतिक्रिया