अनुसन्धानमै सीमित पो बन्छ कि निर्मला हत्याकाण्ड ?

७ बर्ष अगाडि

काठमाडौं -सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ  । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसका कारण अनुसन्धान डीएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो । तर डीएनए पनि नेगेटिभ आएपछि अनुसन्धानको पाटो अब कता भन्ने प्रश्न आमजनमानसमा उब्जेको छ ।

निर्मला हत्याको अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै अनुसन्धानमा सक्रिय छन् । निर्मला हत्याको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित प्राविधिक टोली, क्राइम सिन विज्ञ टोली, महिला तथा बालबालिकासम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यीबाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धान छुट्टाछुट्टै गरिरहेका भए पनि कुनै पनि टोलीले ठोस प्रमाण हात पार्न सकेको छैन ।अाजकाे राजधानी दैनिकमा  खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया