पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा संक्रमण , ११ जना संक्रमितको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।

सो अवधिभर नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।

हाल देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया