काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोनमा) मा करिब १३ अर्ब बराबरको सर्वसाधारण शेयर स्वीकृतिका लागि पाइप लाइनमा रहेको छ । बिभिन्न १७ कम्पनीको १२ अर्ब ७७ करोड ६४ लाख ३७ हजार रुपैयाँको बराबरको आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेको हो ।
उनीहरुले १२ करोड ७६ लाख ८२ हजार ८३६ कित्ता शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यसको मुल्य प्रतिकित्ता १०० रुपैयाँ नै हुने बताइएको छ ।
पाइप लाइनमा रहेको आईपीओ मध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्टक्चर बैंकको रहेको छ । उक्त बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ जारी गर्न स्वकिृति मागेको हो ।
उक्त आईपीओ नेपाली धितोपत्र बजारमा जारी हुन लागेको हालसम्म कै ठुलो मात्राको आइपीओ पनि हो ।
यस्तै, दोस्रो नम्बरमा मध्ये भोटकोशी जलविद्युत कम्पनी रहेको छ । उक्त कम्पनीले डेढ अर्ब रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।
पाइप लाइनमा रहेका मध्ये अधिकांश उर्जा कम्पनी रहेका छन् । यसका बाहेक लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी लगायतका कम्पनीले पनि आईपीओ निष्काशनका लागि अनुमति दिएका छन् ।
हेर्नुहोस कम्पनीको कति आईपीओ पाइपलाइनमा
प्रतिक्रिया