काठमाडौं – नेपालमा सञ्चालित लघुवित्त वित्तिय संस्था मध्ये हालसम्म ११ ओटा लघुवित्त कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । लघुवित्त कम्पनीहरुले पनि बैंकहरुले जस्तै बोनस शेयर बढी दिएर लाभांश प्रस्ताव गरेका हुन् ।
लाभांश प्रस्ताव गरेका ११ लघुवित्त मध्ये सबैभन्दा बढी वोमी लघुवित्तको रहेको छ । उक्त कम्पनीले ३० प्रतिशत बोनस शेयर सहित लाभांश प्रस्ताव गरेको हो ।
त्यसैगरि दोस्रो नम्बरमा छिमेकी लघुवित्त रहेको छ । उक्त कम्पनीले २२ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
लाभांश वितरण गर्ने प्रस्ताव गरेका एघार कम्पनी मध्ये फष्र्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तले साधारण सभा गरेर लाभांश पारित नै गरेका छन् । अन्यको भने साधारण सभाबाट पारित भएपछि शेयरधनील पाउने छन ् ।
विगत केहीदिनदेखि बढेको बजारमा लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । कतिपय कम्पनीले आर्कषक लाभांश दिएकाले शेयर खरीद गरिररहेको छ भने केही कम्पनीले दिन बाँकी रहेको छ । र तिनी कम्पनीहरुको आधारभुत पक्ष हेरेर राम्रो लाभांश दिने क्षमता भएको कम्पनीमा लगानीकर्ताले लगानी गर्दै आएका छन् ।
हेर्नुहोस्, कुन कम्पनीको कति लाभांश ?
प्रतिक्रिया