पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

हाल देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् भने ५ सय १५ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया